जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार आएको पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ४८ वर्षीय मेयर पजियारको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा रहेको बताइएको छ ।