document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 445;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् ।
सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।
अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ । कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । सो बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ । तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ ।
तर यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन । यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो । –एएनआई









