document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3484;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छांै ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।
स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शय्यामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अबको जोखिम बालबालिका रहेको भन्दै उनीहरूको सुरक्षाका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए ।
बालबालिकाका लागि खोप ट्रायलमा रहे पनि हालसम्म अनुसन्धानमै रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।









