विशेष रिपोर्ट

पर्सामा फेरी एक साता निषेधाज्ञा थप, यी समयमा पसल खोल्न पाइने !

657 Shares वीरगञ्ज— पर्सामा जारी निषेधाज्ञा फेरी एक साताको लागि लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित निषेधाज्ञा थप एकसाता […]
[sharethis-inline-buttons]
पर्सामा फेरी एक साता निषेधाज्ञा थप, यी समयमा पसल खोल्न पाइने !
फाइल फोटो

वीरगञ्ज— पर्सामा जारी निषेधाज्ञा फेरी एक साताको लागि लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित निषेधाज्ञा थप एकसाता लम्ब्याउने निर्णय गरिएको हो ।

एकसाता निषेधाज्ञा थपिएपिछ अब असार १३ गते राति १२ बजे सम्मका लागि कायम रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने बताइएको छ ।

यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

उनले निषेधाज्ञा अवधिभर भीडभाडजन्य कार्य नगर्न, मापदण्डको पालना गरी सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने र सोको लागि उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउनु पर्ने समेत निर्णय गरिएको बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर