document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3239;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन् ।
काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जनाए ।
चिकित्सालयमा भेन्टिलेटरसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ श्ययाको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा उनले प्रशंसा गरे । सो अवसरमा चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताए ।
काठमाडौँ महानगरपालिका– १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखे । महानगरले सो अस्पतालमा पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्च वापत रु करीब ४८ लाख १६ हजार ६ सय ५७ दिँदै आएको छ । रासस









