विशेष रिपोर्ट

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

657 Shares काठमाडाैं— जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीवारदेखि नै बहाब बढ्दै […]
[sharethis-inline-buttons]
तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडाैं— जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ ।

कालीगण्डकी नदीमा बिहीवारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् ।

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर