document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3035;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै परिणामलाई होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचनप्रति मनमा कुनै शङ्का छ भने फेरि भन्न चाहन्छु– आउनुहोस्, निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्नुहोस् ।”
उनले राजनीतिक स्थायित्वको केन्द्रबिन्दु राष्ट्र र जनताको हितको संरक्षण एवं सम्बद्र्धन भएकाले जनताको हित हुने प्रत्याभूतिसहितको राजनीतिक स्थायित्वका पक्षमा आफूहरू रहेको स्पष्ट गरे ।
ताजा जनादेशमा जानु प्रतिगमन नभएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले जनतालाई दलहरूबारे मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता भएको स्पष्ट पारे । गोरखापत्रमा खबर छ ।









