रौतहट— रौतहटमा जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले तेस्रोपटक निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गर्दै बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ १९ गते रातिसम्म तेश्रो पटक निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय