महोत्तरी— महोत्तरीमा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ ।
आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्लामा जारी निषेधाज्ञालाई १० दिन लम्ब्याइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
जेठ १० गते राति १२ बजेसम्म लागू भएको निषेधाज्ञाको अबधीलाई जेठ २० गते राति बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको भट्टराईले जनाए ।