काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा कोरोना निको हुने दर ७५.४ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ६ हजार २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय