काठमाडौं— कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।








