document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2643;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जलेश्वर— महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाध रूपमा भइरहेको छ ।
कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि कोही कसैलाई कुनै पनि जाँचसम्म नगरेको देखिएको छ ।
जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन ।
महोत्तरीमा करीब ४५ किलोमिटर भारतसँगको खुला सिमाना रहेको छ । जिल्लामा तीनवटा भन्सार नाका र आठवटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटाहरु रहेका छन् । यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छैन । यसले महोत्तरीमा कोभिड–१९ महामारीको सङ्क्रमण थप बढाउने जोखिम देखिएको छ । रासस









