-लोकनारायण सुवेदी
महान् दार्शनिक एवं क्रान्तिकारी विचारक कार्ल माक्र्स जन्मेको २०३ वर्ष नाघ्न थालेको छ भने देहावसान भएको १३८ वर्ष लागेको छ । तर उनका विचारहरू आज पनि सामयिक, जीवन्त र विश्वका आधारभूत समस्या–वर्गीय शोषण र सामाजिक उत्पीडनका समस्या–समाधान गर्न उत्तिकै मार्गदर्शक, सान्दर्भिक र उपयोगी रहेका छन् ।
त्यसैले विश्वको एउटा विख्यात सञ्चार माध्यम बीबीसीले झण्डै दुई दशक जतिअघि एउटा सर्वेक्षण गरेर निक्कै महŒवपूर्ण र वस्तुगत निष्कर्ष के निकालेको थियो भने, ‘सबै विचारलाई नापेर हेर्दा माक्र्स विगत हजार वर्षयताका महान् विचारकको रूपमा देखा परे र अझै आगामी हजार वर्ष उनको एकछत्र वैचारिक प्रभाव रहनेछ’ । यो सर्वेक्षण आजको हाम्रो विश्व २१औं शताब्दीमा प्रवेश गर्दैगर्दा बीबीसीले इन्टरनेटमार्फत गरेको थियो र त्यसले कार्ल माक्र्सलाई सहश्राब्दी अर्थात् विगत ‘हजार वर्षको सबैभन्दा महान् विचारक’ भनेर प्रष्टरूपमा परिभाषित गरेको थियो ।
सर्वेक्षणले भौतिक विज्ञानका महान् व्यक्तित्वहरू चाल्र्स डार्बिन, अल्बर्ट आइन्स्टाइन र आइज्याक न्युटनहरू कार्ल माक्र्सभन्दा निकै पछि परेको देखायो र त्यस मत सर्वेक्षणले विश्वमा निकै ठूलो तहल्का मच्चाएको थियो । हुन पनि १९औं शताब्दीमा जन्मेका मानवताको मुक्ति र प्रगतिका ती मार्गदर्शक कार्ल माक्र्सले आफ्नो सम्पूर्ण जीवन यात्रालाई विश्वका शोषित पीडित मानव समुदायप्रति समर्पित गर्दै आफूभन्दा पूर्ववर्ती र समकालीन विचारकलाई समेत पछि पारेर हजार वर्षकै सबैभन्दा प्रभावशाली विचार आविस्कार गरे र विश्व समाजलाई त्यो प्रदान गरे ।
निश्चय नै ‘कम्युनिष्ट घोषणापत्र, ‘पुँजी’ अर्थात् ‘दास क्यापिटल’ का भाग–३ सम्मका महŒवपूर्ण कृतिलगायत अरू धेरै विचारहरू अनुशीलन गरेर माक्र्सले विगत एक हजार वर्षयताका सबैभन्दा महानतम् दार्शनिकका रूपमा आफूलाई स्थापित गरेका छन् । झण्डै दुई दशक जति अघि गरिएको यो मत सर्वेक्षणपछि एक पश्चिमा इतिहासकार बेट्नी हृयुघ्सले बीबीसीमार्फत् कार्ल माक्र्सलाई फेरि एकपटक एक महान् विचारका रूपमा व्याख्या गरेका थिए । उनले माक्र्सका अतिरिक्त नित्से र सिग्मण्ड फ्रायडलाई आआफ्नो क्षेत्रका महान् विचारकका रूपमा औंल्याएका थिए ।
माक्र्सको त्यस प्रभावलाई खुलस्त पार्दै इतिहासकार हृयुघ्सले ‘द्रष्टाहरू’ शीर्षकमा विश्वप्रसिद्ध सञ्चारमाध्यम बीबीसीमै प्रष्ट लेखेका थिए ः ‘हामी अनुभूति गर्न सक्तछौं र सबैको जीवनमा १९ औं शताब्दीका दार्शनिकहरूको प्रभाव छ । माक्र्स, नित्से र फ्रायडहरू चर्चित विचारक हुन् । उनीहरूले आफ्नो विवेक र इच्छाशक्तिको बलमा यथास्थितिप्रति प्रश्न उठाउन सक्तथे’ । उनले अझ थप के भनेका छन् भने २०औं शताब्दीका महान् विचारक माक्र्स, नित्से र फ्रायडले २१औं शताब्दीमा प्रभाव जमाइरहेका छन् ।
ती दार्शनिकका विचार र नीतिहरूले २०औं शताब्दीमा लाखौं लाख मानिसहरूको जीवनलाई मार्गदर्शन गरेको थियो र आज २१औं शताब्दीमा पनि उनीहरू प्रभावशाली मानिन्छन्’ । यी इतिहासकारले व्याख्या गर्दै के भनेका छन् भने–पप गीतदेखि विश्व अर्थतन्त्र र यौनप्रतिको धारणासम्ममा यी तीन (माक्र्स, नित्से र फ्रायड) दिवंगत गोराहरूका सिद्धान्त र सुक्तिहरूले हाम्रो दैनिक भोगाइमा प्रभाव पारिरहेका हुन्छन् । यद्यपि धेरै मानिसहरूको मूल्यांकनमा कार्ल माक्र्स नै आजको विश्वको सबैभन्दा महान् दार्शनिकका रूपमा स्थापित छन् ।
हुन पनि माक्र्स जस्ता दार्शनिक न उनीभन्दा पहिले जन्मेका थिए न त्यसपछि नै जन्मन सकेका छन् । माक्र्सको विचारले विश्वमा प्रष्टसँग ९९ प्रतिशत मानिसको हकहितको पक्षपोषण गर्दछ । उनले जन्माएका दर्शनशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा विश्वलाई हेर्ने र फेर्ने दूरगामी गहन, गम्भीर, गहिरा तथा निक्कै ठूला विचारहरूको अभ्युदय गराए ।
वास्तवमा सारा विश्व (मानव समाज र प्रकृति) ब्रहृमाण्ड गतिशील छ र परिवर्तनशील छ भन्ने माक्र्सको विचार नै दर्शनको क्षेत्रमा विकास गरिएको सबैभन्दा महŒवपूर्ण अन्वेषण हो । माक्र्सभन्दा पहिलेका दार्शनिकहरूले यस्तो प्रष्ट र खुलस्त विचार विकास गर्न सकेका थिएनन् । माक्र्सले प्रष्टसँग के भनेका छन् भने ‘दार्शनिकहरूले आजसम्म संसार यस्तो छ उस्तो छ भन्ने कुरामात्र गरे, मूल कुरा त यसलाई बदल्ने हो’ ।
वस्तुतः कार्ल माक्र्सले आजको भाषामा भन्ने हो भने पुँजीवादी समाजको ‘एमआरआई’ गरी गहिराइपूर्वक खोजतलास गरेर पुँजीवादी विश्वमा कसरी मुठ्ठिभर मानिसबाट अतिरिक्त पुँजीको अशुली गरिन्छ र मजदुर वर्गको निर्मम शोषण हुन्छ भन्ने कुरा ‘दास क्यापिटल’ अर्थात् ‘पुँजी’ नामको बृहत् कृतिमा विस्तृत र सविस्तार प्रष्ट पारेका छन् र त्यसको उपचारको बाटो बताएका छन् । हुन पनि त्यस बेलादेखि अहिलेसम्म पुँजीवादी विश्वमा मुठ्ठिभर मान्छेले अतिरिक्त पुँजी अशुली गरेर कसरी लुट मच्चाइरहेका छन् भन्ने कुरा माक्र्सले दास क्यापिटलमार्फत खुलासा गरिदिएका थिए ।
उनले अतिरिक्त मूल्यको सिद्धान्त अन्वेषण गरेर अर्थशास्त्रको क्षेत्रमा अर्को प्रभावशाली विचार प्रतिपादन गर्न पुगे । त्यति बेलादेखि चल्दैआएको विश्व मानव समाजलाई सञ्चालन गर्ने सही विचार पुँजीवाद हो या काल्पनिक समाजवाद ? या वैज्ञानिक समाजवाद ? के हो भन्ने ज्वलन्त विचारको बहसको प्रश्नमा माक्र्सले प्रष्टरूपमा वैज्ञानिक समाजवाद नै आजको विश्व मानव समाजलाई सञ्चालन गर्ने एकमात्र वैज्ञानिक विचारको रूपमा विकसित गरे ।
आजभन्दा १ सस ७० वर्षजति अघि माक्र्सले जुन विचार शृंखला प्रक्षेपण गरेका थिए, ती विचारहरू अहिले झन् प्रभावशाली र सान्दर्भिक बन्दैगइरहेका छन् । आजको विश्वमा पुँजीवादले कसरी विश्व मानव जातिलाई लुटिरहेको छ ? कसरी शोषण गरिरहेको छ ? त्यो लुटको मात्रा बहुराष्ट्रिय निगम र पारराष्ट्रिय निगममार्फत आज कतिसम्म बढिरहेको छ ? यस्तो अवस्थमा फेरि माक्र्सको विचारको सान्दर्भिकता अझ बढ्दै गएको देखिँदैआएको छ । केही वर्षपहिला ‘अक्सफाम इन्टरनेसनल’ ले प्रकाशमा ल्याएको एउटा महŒवपूर्ण प्रतिवेदनमा विश्वमा केही सीमित मुठ्ठिभर मान्छेहरूको हातमा विश्वको ९९ प्रतिशत जति मान्छेको सम्पत्ति रहेको देखाइएको थियो । अर्थात् एक प्रतिशत मान्छेको हातमा ९९औं प्रतिशत मान्छेको सम्पत्ति रहेको त्यसमा देखाइएको थियो ।
त्यतिबेला अझ रोचक कुरा के थियो भने विश्वका केही धनी मान्छे अर्थात् केवल ६२ जना धनीको हातमा विश्वको आधा जनसंख्या बराबर मान्छेको सम्पत्ति रहेको दर्शाइएको थियो । त्यो अक्सफाम प्रतिवेदनले संकेत गरेअनुसार अब केही वर्षभित्र धनी र गरिबबीच यति डरलाग्दो खाडल देखा पर्नेछ कि ६२ जना धनी मान्छेको हातमा ९९ प्रतिशत मान्छेको सम्पत्ति कब्जामा जाने पनि बताइएको थियो । यसरी विश्वमा पुँजीवादले केही मुठ्ठिभर व्यक्तिहरूलाई बेलगाम लुट मच्चाउने ठाउँ दिइरहेको छ भने बहुसंख्यक मान्छेलाई न्यूनतम मानवीय जीवन बाँच्ने अवसरबाट वञ्चित गरिरहेको छ । यो पुँजीवादी व्यवस्थाकै कारणले हो भन्ने प्रष्ट हुन्छ ।
वस्तुतः यसै कारणले माक्र्सले प्रतिपादन गरेका विचारहरूको सान्दर्भिकता झन् बढेर गएको हो । माक्र्सले यी सबै संकटहरूको समाधान वैज्ञानिक समाजवादलेमात्र दिन्छ भनेर वैज्ञानिक समाजवादको विचार अन्वेषण र अनुशीलन गरेका हुन् । वास्तवमा यो सबै मानिसहरूलाई समानताको व्यस्वस्था, धनी र गरिबबीचको अन्तर अन्त्य गर्नेे, सबैलाई न्याय र समानताको अवसर जुटाइदिने, कसैलाई पनि अवसरबाट वञ्चित नगर्ने र मूर्तरूपमा श्रमको सही किसिमले सम्मान गर्ने विचार नै वैज्ञानिक समाजवाद हो भन्न सकिन्छ ।
तर, यतिमा मात्र यो सिद्धान्त सीमित छैन, अशिक्षा, अन्धविश्वास, कूरीति र गलत परम्पराको अन्त्य पनि वैज्ञानिक समाजवादका अपरिहार्य तत्वहरू हुन् । समाजमा तिनको उपस्थिति वैज्ञानिक समाजवादविपरीत कुरा हुन्छ । त्यही विचारको प्रर्वतक कार्ल माक्र्स भएर नै उनको विचार आजको विश्वको सबैभन्दा महान् विचारको रूपमा दरिन सकेको हो ।
माक्र्सले आफ्नो जीवनकालमा दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमात्र गरेनन् त्यसलाई कार्यान्व्यन गर्ने विचारको पनि विकास गरे । खासमा उनले बलको आधारमा अडिएको शोषणकारी राज्यव्यवस्थाको अन्त्य गर्न बल प्रयोगको आवश्यकता रहने विचारको विकास गरे । यो बल प्रयोगको विचारको कुरा गर्दा माक्र्सले वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी वर्गीय विचारको विकास गरे । यी विचारलेमात्र लुट र शोषणको राज्य चलाइरहेको पुँजीवादलाई तह लगाउन सकिन्छ भन्ने उनले थप विचारको विकास गरेका हुन् । यद्यपि अन्ततः समाज विकसित भएपछि र मानिसहरूमा उच्च नैतिकता, श्रमप्रतिको सम्मान र समर्पण अनि मानिसको जीवनको उच्च गरिमा जस्ता अनिवार्य र महŒवपूर्ण विषयहरू उनले प्रतिपादन गरे ।
माक्र्सका यी समग्र र सुसंगत विचार शृंखलाहरूको विकासले गर्दा नै बितेको हजार वर्षको विश्वमा माक्र्स सबैभन्दा महान् विचारकको रूपमा दरिएका हु्न् । हुन पनि समाजमा सम्पन्न मुठ्ठिभर र विपन्न बहुसंख्यक वर्ग, समाज र शोषण रहिरहेसम्म माक्र्सको वैज्ञानिक विचारको सान्दर्भिकता र औचित्य पनि रहिरहने छ । निश्चय नै बितेको हजार वर्षयता माक्र्सवाद जत्तिको वस्तुनिष्ठ, सुसंगत र गहन विचार अरू कसैले प्रस्तुत गर्न सकेका छैनन् र यसरी माक्र्सलाई माथ गर्ने कुनै अरू विचारक अहिलेसम्म जन्मन सकेका छैनन् ।
विश्वभरिको अहिलेसम्मको अनुभवको आधामा भन्नुपर्दा विश्वमा माक्र्सको समयभन्दा पछि धेरै कुरामा ठूलो परिवर्तन आएको छ । तर, माक्र्सले उठाएका आधारभूत कुरालाई विस्थापित गर्ने या खण्डन गर्ने कुनै अर्को विचार अहिलेसम्म आएको छैन । त्यसैले माक्र्स र माक्र्सवाद अमर र कालभेदी छन् । अर्थराजनीतिक एवं सामाजिक–सांस्कृतिक अनुसन्धाता अध्येताहरू आगामी एक हजार वर्षमा त्यो स्थिति आउने सम्भावना नरहेको अहिले औंल्याइरहेका छन् ।