एजेन्सी- फेरि एक पटक डिफेन्सले गल्ती गर्दा लिभरपुल लेस्टर सिटीसँग पराजित हुन पुगेको छ । शनिबार राति सम्पन्न खेलको अन्त्यमा सम्हालिन नसक्दा लिभरपुल एकका विरुद्ध तीन गोलले पराजित हुन पुगेको हो ।

खेलको ६७ औँ मिनेटमा रोबर्टो फर्मिन्होको उत्कृष्ट पासमा मोहमद शलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, लिभरपुलले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा ३ गोल खान पुग्यो ।

जेम्स म्याडिसनले फ्रिकिकबाट खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि गोलकपिर एलिसनको गल्तीको फाइदा उठाउँदै जेमी भार्डीले लेस्टरलाई अग्रता दिलाए । गत शनिबार एलिसनकै गल्तीले गर्दा म्यान्चेस्टर सिटीले दुई गोल गर्दै एनफिल्डमा जीत हासिल गरेको थियो ।

खेल सकिन पाँच मिनेट बाँकी छँदा हार्भे बार्न्सले गोल गर्दै लेस्टरको जीत सुनिश्चित गरे ।

जीतसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ भने लगातर तेस्रो हारसँगै लिभरपुलको उपाधि रक्षामा ठूलो धक्का लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय