document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2349;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् ।
हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गर्नुभएको राजधानी टोकियोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो । जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पु¥याइने भएको हो ।
ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराउनुभएको समाचारमा जनाइएको छ ।
जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।
खासगरी शुरु शुरुमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो । अहिले जापानका प्रायः पश्चिमी प्रिफेक्चरहरुमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो । –सिन्ह्वा









