विशेष रिपोर्ट

भारतमा अबकाे केही हप्ताभित्रै कोरोनाविरुद्ध खोप लगाउन सुरु गर्छाैं : मोदी

657 Shares एजेन्सी- भारत सरकारले अबकाे केही हप्ताभित्रै कोरोनाविरुद्धको खोप तयार हुने दाबी गरेकाे छ। शुक्रबार कोरोनाबारे आयोजित सर्वदलीय भिडियो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले केही […]
[sharethis-inline-buttons]
भारतमा अबकाे केही हप्ताभित्रै कोरोनाविरुद्ध खोप लगाउन सुरु गर्छाैं : मोदी

एजेन्सी- भारत सरकारले अबकाे केही हप्ताभित्रै कोरोनाविरुद्धको खोप तयार हुने दाबी गरेकाे छ।

शुक्रबार कोरोनाबारे आयोजित सर्वदलीय भिडियो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै खोप तयार हुने जानकारी गराएका हुन्।

उनका अनुसार सुरुमा रोगी, ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।

एक हप्तादेखि भारतीय प्रधानमन्त्री कोरोनाविरुद्ध खोपका विषयमा सक्रिय रहेको त्यहाँकाे पत्रिका दैनिक भास्करले जनाएको छ।

पत्रिकाका अनुसार भारतमा कोरोनाविरुद्ध फरक–फरक तीन खोपको परीक्षण फरक फरक चरणको परीक्षण (ट्रायल) मा छन्।

भारतीय विशेषज्ञले अब खोपका लागि धेरै प्रतीक्षा गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। अबको केही हप्ताभित्र खोप तयार हुने उनीहरूको दाबी छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर