विशेष रिपोर्ट

पछिल्लो २४ घण्टामा १७ सय ९० जनामा कोरोना संक्रमण

657 Shares काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको […]
[sharethis-inline-buttons]
पछिल्लो २४ घण्टामा १७ सय ९० जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको जनाकारी दिएको छ। योसँगै मृतकको संख्या १ हजार ३३१ पुगेको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर