document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2041;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् ।
रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।
जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ ।
शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ ।
चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित रहेको छ । युभेबाहेक मिलान र तेस्रो स्थानमा रहेको सासुलो पनि यो सिजन अपराजित छ ।









