document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1997;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- बहराइनका बहालवाला प्रधानमन्त्रीको निधन भएको छ । देशको इतिहासमै सबैभन्दा लामो कार्यकाल काम गरेका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको बहराइनको सरकारी मिडियालाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।
बहराइन न्यूज एजेन्सीका अनुसार उनको आज बिहान अमेरिकाको मायो क्लिनिक अस्पतालमा निधन भएको हो । एजेन्सीले निधनको जानकारी दिएपनि यसबारे विस्तारमा केही बताएको छैन । खाडी देश बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले एक हप्तासम्म आधिकारिक शोकको घोषणा गरेका छन् । यो अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
एजेन्सीका अनुसार उनको शव आइसकेपछि आधिकारिक रुपमा अन्तिम संस्कारको कार्यक्रम हुनेछ । अन्तिम संस्कारका सीमित संख्यामा आफन्तहरु मात्र सहभागी हुने बताइएको छ । खलिफा बिन सलमान अल खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल भएका प्रधानमन्त्रीमध्ये एक हुन् । उनले देशको सरकारलाई दशकौंसम्म नेतृत्व गरेका छन् । २०११ मा भ्रष्टाचारको आरोपसहित उनलाई हटाउन माग गर्दै भएको प्रदर्शनपछि पनि उनी पदमा बहाल रहन सफल रहेका थिए ।









