विशेष रिपोर्ट

आफ्नो खोपले ९० प्रतिशतलाई कोरोनाबाट जोगाउने अमेरिकी र जर्मन कम्पनीको दाबी

657 Shares एजेन्सी- अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९ लाग्नबाट जोगाउने ती कम्पनीले […]
[sharethis-inline-buttons]
आफ्नो खोपले ९० प्रतिशतलाई कोरोनाबाट जोगाउने अमेरिकी र जर्मन कम्पनीको दाबी
A doctor is holding a coronavirus vaccine. The concept of vaccination, medicine, healthcare.

एजेन्सी- अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९ लाग्नबाट जोगाउने ती कम्पनीले बताएका छन्।

अन्तिम चरणको परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यी कम्पनीले आफ्नो खोप भरपर्दो भएको बताएका हुन्। हाल करिब एक दर्जन खोप अन्तिम चरणको परीक्षणमा छन्।

यो खोपको दुई डोज तीन हप्ताको अन्तरमा लगाउनुपर्ने ती कम्पनीले जनाएका छन्। दोस्रो खोप लगाएको एक सातापछि यसले कोरोना संक्रमण हुन नदिने कम्पनीको भनाइ छ।
खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उनीहरुको भनाइ छ।

यी कम्पनीको खोप ६ मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको छ। तीमध्ये कोरोना संक्रमित भएका ९४ जनाको तथ्यांक अध्ययन गरिएको थियो।

खोपको आपतकालीन पयोग अनुमतिका लागि यही महिनाको अन्त्यमा आवेदन दिने ती कम्पनीले जनाएका छन्।

यी कम्पनीले २०२० को अन्त्यसम्ममा ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने दाबी पनि गरेका छन्।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर