विशेष रिपोर्ट

एकै जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुग्यो

657 Shares बाँके- बाँकेमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट आइतवार राति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० […]
[sharethis-inline-buttons]
एकै जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुग्यो

बाँके- बाँकेमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट आइतवार राति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको आइतवार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना संक्रमितको संख्या ३ हजार १६८ रहेकामा २ हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर