document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1699;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको छ ।
नगर प्रमुख उत्तमकुमार शर्माले आज सूचना प्रकाशन गरी यही कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाएका छन् ।
सप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि आजदेखि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।









