document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1649;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको छ ।
कोलकाताले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरले ४७ रन बनाउँदा अन्य ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।
बलिङतर्फ कोलकाताका लागि वरुण चक्र्रवर्ती एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । त्यस्तै प्याट कमिन्सले तीन विकेट लिँदा लकी फर्गुसनले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९४ रन बनाएको थियो । उसका लागि नितिश रानाले ८१ र सुनिल नरायनले ६४ बनाए ।
बलिङतर्फ दिल्लीका नोर्त्जे, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए ।
जितसँगै कोलकाता १२ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ ।









