विशेष रिपोर्ट

एकै पटक पाँच शिशुको जन्म

657 Shares काठमाडौं- तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग […]
[sharethis-inline-buttons]
एकै पटक पाँच शिशुको जन्म

काठमाडौं- तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी हुन् ।

उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माउनुभएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक  मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल  छन् ।

उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।  “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।”

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर