document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1302;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
झापा- झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए ।
दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उनका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो ।
आइतबार बिहान ९ बजे उनको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिए । झापामा उनीसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ९३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाइँले बताए । रासस









