ढल्केबर धनुषा

एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई म्याक्सवेल कम्युटरले ल्यापटप र कम्युटर खरिदमा छुट दिने भएको छ ।

काठमाडौंको पुतलीसडकमा रहेको म्याक्सवेलले वैशाख २८ मा प्रकाशित एसईईको नतिजामा ४ जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई उपहार सहित छुट सुविधा दिने घोषणा गरेको हो ।

प्रवेशपत्र लिएर आउनेहरुलाई सरप्राइज अफर र छुट सुविधा दिइने म्याक्सवेलका सञ्चालक समिर रहमानले बताए । उनले भने, ‘४ जिपिए ल्याउने विद्यार्थीलाई ल्यापटप खरिदमा सरप्राइज अफर दिन्छौं ।’

उच्च शिक्षा अध्ययनको तयारी गर्दै गरेका विद्यार्थीहरुलाई प्रविधिमा दक्षता हाँसिल गराउने उद्देश्यले अफर घोषणा गरिएको रहमानले बताए ।

४ जिपीए ल्याउनेले उपहार र भारी छुट दिइने छ । सञ्चालक समिर भन्छन्, ‘हामी ब्यापार मात्र होइन्, सेवामा पनि विश्वास गर्छौं ।’ अध्ययनको लागी पनि ल्यापटप र कम्युटर अनिवार्य आवश्यकता भैसकेको अवस्थामा विद्यार्थीहरुलाई मर्मत र सर्भिसिङमा पनि छुट दिइने उनले बताए ।

म्याक्सवेलले विभिन्न कम्पनीका ल्यापटप र कम्युटर लगायतका इलेक्ट्रोनिक सामग्री बिक्री गर्दै आएको छ । म्याक्सवेलमा ३५ हजार देखी ३ लाख मुल्य पर्ने ल्यापटप पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip