ढल्केवर- धनुषामा कारको ठक्करबाट एकदम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका १ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ बर्षीया श्रीमति सुमित्रा देवी महतो रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए ।
आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा सुमित्राको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान राजकुमार गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते राजकुमारको जनकपुरस्थित हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राखिएको छ भने ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।











