काठमाडौं— हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित भएको छ । आइतबार हङकङमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । युएईका लागि आसिफ खानले सर्वाधिक ५५ रन जोडे । उनले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट रहे । अंश टन्डनले २५ र खालिद शाहले १५ रन जोडे । नेपालका लागि राशिद खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन जोड्दै नट आउट रहे । १६ बलमा ३ चौका र ५ छक्काको प्रहार गर्दै उनले ४९ रन बनाए । यसैगरी लोकेश बमले १९, प्रतिश जिशीले १४ र कप्तान सन्दीप जोराले ७ रन बनाए। राशिद खान शून्य रनमा आउट भए ।
युएईका लागि आकिफ राजाले २ र सञ्चित शर्माले १ विकेट लिए ।