इटहरी : धरानका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् अदालतलाई चुनौती दिएका छन् । उनले अदालतलाई ठाडो चुनौती मात्रै होइन, विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

अहिले बेलायत भ्रमणमा रहेका साम्पाङले कार्यवाहक मेयर दिएका धरान-११ का वडाध्यक्षलाई उच्च अदालतले जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिए पनि उनले आदेशको अवज्ञा गरेका छन् ।

आइतबार नै उच्च अदालतले जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिए पनि सोमबार पनि कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्र फागोले कार्यवाहककै हकमा काम कारबाही गरेका छन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले मेयर साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको थियो । उपमेयर आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिए पनि फागोले सोमबार पनि काम गरेपछि बेलायतमै रहेका मेयर साम्पाङले भने सामाजिक सञ्जालमार्फत नै अदालतलाई चुनौती दिएका हुन् ।

‘मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ, जुन जनताले बनाउनु भएको हो,’ उनले सञ्जालमा लेखेका छन्, ‘मैले नागरिकले दिएको अधिकार दिएर ११ नम्बरको अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ, उही हो कार्यवाहक। केही हल्ला नगर! मुख छाड्नु नपरोस् !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय