ढल्केवर— धनुषाको बटेश्वरमा आँप मेला लगाइदैछ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित स्वास्थ चौकी नजिक आँप मेला लाग्ने भएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लक्ष्मीनिवासले जेठ १४ गते शुक्रवार आँप मेला आयोजना गर्न लागेको मगही भाषा अभियन्ता फुलगेन मगहीले जानकारी दिए । आँप मेलाको उद्घाटन गर्न मधेस प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद आउने कार्यक्रम रहेको उनले बताए ।

उनका अनुसार मेलामा आउने अतिथिहरुलाई निशुल्क आँप खुवाउने, आँपका परिकारहरुलाई प्रदर्शनीमा राखिने, बाहिरबाट आउने विद्यार्थीहरुलाई आँपको रुखका प्रजातीहरुलाई चिनाउनेजस्ता कार्यक्रमहरु राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय