• फुलगेन मगही

ढल्केवर— धनुषाको मावि हरिहरपुरको विद्यालय व्यवस्थापन समिति गठन गर्न चार अभिभावक सर्वसम्मत छनौट भएका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर-३ स्थित रहेको जनता माध्यमिक विद्यालय हरिहरपुरमा विद्यालय व्यवस्थापन समिति गठन गर्न दोस्रो अभिभावक भेलाबाट ४ सदस्य अभिभावक छनौट भएको हो ।

विद्यालयका प्रधानध्यापक अनुप झाले आह्वान गरेको दोस्रो अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावकहरु राम भरत महतो, अताबुल रहमान, सन्जु देबी सदा, संगीत देबी महरा चयन भएको मिथिला नगरपालिका वडा नं ३ का वडाध्यक्ष राम एकबाल महतोले सञ्चार ब्यूरोलाई जानकारी दिए ।

यसअघि विद्यालय व्यवस्थापन समिति गठन गर्न गत जेठ ३२ गतेको पहिलो अभिभावक भेलामा गणपुरक संख्या नपुगेकोले दोस्रो अभिभावक भेला आह्वान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय