• विजय कुमार दास

ढल्केवर— धनुषाको यदुकुहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार शहिदनगर नगरपालिका–३ यदुकुहास्थित श्री जनता एकाई माध्यमिक विद्यालयको परिसरमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोवल आइएमई लघुवित वित्तीय संस्था लिमिटेड यदुकुहा शाखाको आयोजना तथा चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.जनकपुरधामको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो । शिविरसँगै पाठेघरको क्यान्सर सम्बन्धी सचेतना मूलक कार्यक्रम समेत गरिएको थियो ।

शिविरमा जनरल ओपिडी, स्त्री रोग सम्बन्धी सेवा, भिडियो एक्सरे, सुगर जाँच, पाठेघरको मुखको क्यान्सर जाँच र औषधि वितरण लगायतको सेवा उपलब्ध गराइएको ग्लोबल आइएमई लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय यदुकुहाका प्रमुख संगीता देवी मण्डलले जानकारी दिइन् । उनका अनुसार शिविरमका स्वास्थ्य जाँचसँगै औषधि पनि निशुल्क वितरण गरिएको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. रामजी यादव, डा. रेहाना बानु, डा. सिद्की रेना, डा. उज्जवल विश्वासलगायतले स्वास्थ्य जाँच गरेको बताइएको छ । शिविरबाट २७४ जना लाभान्वित भएको आयोजकले जनाएको छ ।

शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त शिविर कार्यक्रममा ग्लोबल आइएमई लघुबित्तको विभागीय प्रमुख यति राज पौडेल, प्रदेश प्रमुख कृष्ण ढुङ्गाना, अनुगमन प्रमुख हेमलाल पौडेल, शाखा प्रबन्धक सरोज कुमार महतो, विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवीलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय