बुटवल— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय