मस्को— रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारीमा ६० जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा बालबालिका पनि परेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई आदेश दिएको बताएका छन् ।

अनलाइनमा देखिएका अपुष्ट कथनहरूका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय