काठमाडौँ— लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो ।

उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत गरी हिरासतमा रहेका लागूऔषध अपराधका थुनुवालाई भगाएका थिए । त्यसवापत् उनले ६ लाख २५ हजार रुपैयाँ लिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नेपाल-भारत सीमा क्षेत्र काँकडभिट्टाबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । डिएसपी अनिल घिमिरेका अनुसार कार्यालयले यादवलाई शुक्रबारै प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने डिएसपी घिमिरेले बताए । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पाइएको प्रहरीले जनाएको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय