• फुलगेन मगही

ढल्केवर— महोत्तरीमा लागुपदार्थ दुव्र्यसन बिरुद्ध जनचेतना फैलाउन सडक नाटक गरिएको छ । गौशला नगरपालिका वडा नम्बर – ११ को आर्थिक सहयोग र अप्पन मिडिया प्रोडक्सन हाउस ढल्केवरको आयोजनामा नाटक सम्पन्न गरिएको हो ।

वार्ड नम्बर – ११ का समुदायिक बिधालय र अधारभूत बिधालय साथै ईमली बजारमा कलाकारहरुले बालबालिका र किशोर किशोरी, युवा, अभिभावाकलाई लागुऔषध दुव्र्यसन बाच्नको लागि नाटक प्रस्तुति गरेको सचिव ओम महतोले जानकारी दिए ।

नाटकको अन्तमा मन्तव्य राख्दै जनता माबिका प्रअ बिपिन जोशीले “कलाकारहरुले समाजमा दिनहु घटिरहेको घटनालाई उदृत गर्दै कथाबस्तु नाटकमा प्रस्तुत गरेकोले नाटक प्रभावकारी रहेको र समाजमा अहिलेको समयमा यर्थात समस्या चित्रण गरेकोले नाटक हेरेर बिधार्थीलाई सचिन आग्रह समेत गरे ।

नाटकबाट प्रभाबित भई वार्ड नम्बर – ११ का वार्ड अध्यक्ष रामपृत महतोले लागू औषधले समाजमा बालबालिका, किशोरकिशोरी, युवा, कुलतमा फसिरहेकोले यसलाई अभिभावकहरुले कडा रुपमा निगरानी गर्नुको साथै बिधार्थीहरुलाई सचेत रहन उनले आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय