- फुलगेन मगही
धनुषा— तराई मधेशमा अहिलेको समयमा बिहेको चटारोले मानिसहरु भोज खानमा व्यस्त छन् ।
जस्तो सुकै कठोर देशमा कानून बने पनि मानिसहरुले लुकीछिपी दहेज लिने परम्परा कायम नै रहेको देखिन्छ ।
समाजमा शिक्षाको स्तर बढेपनि इच्छाको स्तर यथावत नै देखिन्छ । तर यसलाई मध्यनजर गर्दै महोत्तरीको बर्दिवास नगरपालिका –७ स्थित सरोज कुमार महतोले निःशुल्क बिबाह अर्थात आदर्श बिबाह गरेका हुन् ।
सानै उमेरदेखी मनमा प्रण गरेका सरोजले अहिलेकोआदर्श बिबाह गरेका हुन । सरोज महतो हाल नेपाल प्रहरीमा कार्यरत हुन ।