ढल्केवर— मगही भाषाका लोक कथा संग्रह ‘मधुकर बाबा’ लोकार्पण गरिएको छ ।

आईतबार जनकपुरधाममा एक कार्यक्रमका बीच मगही भाषा अभियानी तथा साहित्यकार उपेन्द्र दासको ‘मधुकर बाबा’ मगही लोक कथा संग्रह विमोचन गरिएको हो । पुस्तकको मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विमोचन गरेका हुन् ।

दास जातिको कुलदेवतामा आधारित उक्त पुस्तकमा २२ ओटा लोक कथाहरु समेटिएको छ । मगही भाषा साहित्यलाई उजागर गर्ने उद्देश्यले लोक कण्ठका कथाहरुलाई एकठाउँ संकलन गरी संरक्षण गरेको र युवा पुस्तालाई हस्तान्तरण गरेको पुस्तकका लेखक एवं अभियानी दासले बताए ।

कार्यक्रममा मगही भाषा एवं पिछडावर्गका संस्थापक अध्यक्ष भरत प्रसाद महतो, समाजसेवी सन्त सत्यनारायण आलोक बाबा, मगही भाषा अभियानीहरु, लेखक तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय