• फुलगेन मगही

धनुषा— मधेस प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता सुरु भएको छ । महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालय मधेस प्रदेशको आयोजनामा प्रथम मधेस प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता सुरु भएको हो ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराकासाथ हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट एथलेटिक्स विधातर्फ छनौटका लागि धनुषाको नक्टाझिज खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

म्ंगलवार मिथिला नगरपालिका–२ नक्टाझिजका वडाअध्यक्ष विहारी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा मधेस प्रदेशका ८ वटै जिल्लाका टिमको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रममा मध्य क्षेत्रिय खेलकुदका प्रमुख जियाउल इसलाम, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादव, हिमालय युवा क्लव नक्टाझिजका संरक्षक अरुण कुमार महतोलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय