काठमाडौं— वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो ।

सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए । रामजीको परिवारको आर्थिक अवस्था कमजोर थियो ।

रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन ।

उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो ।

आइओएमकी डिन डाक्टर दिव्या सिंह शाहले परीक्षा दिने वातावरण बनाइने बताएकी थिइन् । शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले उनीहरूलाई परीक्षामा सहभागी गराएको थियो ।

एमबीबीएस उत्तिर्ण भइसकेपछि रामजी रामले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन्

‘परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छ’ ! किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहको हुन्छ ! जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिले सकिन्न ! जीवनका बाँकि परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,’ उनले  अ‍ाफ्नाे फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय