रुपन्देही— बलात्कार आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।
बुधबार एक विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
रातोपाटी डटकमको सहयोगमा