जनकपुरधाम— प्रदेश २ लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि प्रदेश २ लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको हो ।

अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ ।

भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर भदौ २३ गतेसम्म दरखास्त दिन सकिने छ ।

प्रदेश २ को लोकसेवा आयोगले निकालेको विज्ञापनमा प्राविधिकतर्फ सहायक पाँचौ तहको (स्वास्थ्य सेवा बाहेकका सेवा तर्फ) को लागि पनि अधिक सँख्यामा कर्मचारी भर्ना गरिने भएको छ ।

जसको लागि खुल्ला सहित विभिन्न आरक्षण समेत छुटयाइएको हो ।

हेर्नुहोस् पुरा सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय