एजेन्सी— तपाई दुनियाँ धेरै रहस्यमय कुराहरूबारे सुन्नु भएको हो । दुनियाँमा यस्तै एउटा गाउँ पनि छ, जहाँ सबै दृष्टिविहीन छन् ।

तपाईलाई यकिन नलाग्ला, तर यो साँचो हो ।  यो गाउँ मेक्सिकोस्थित टिल्टेपक हो । यसलाई ‘दृष्टीविहिनको गाउँ’ भनिन्छ । यहाँ जनावरदेखि मानिससम्म कसैले पनि आँखा देख्दैनन् ।

यस गाउँमा जेपोटेक समुदायका जनजातिहरू बस्छन् । बच्चाहरु जन्मदा ठीकठाक नै हुन्छन् । तर, जन्मिएको केही दिनमै उनीहरुको दृष्टी गुम्छ । गाउँबासीहरु यहाँको एक रुखका कारण सबैको आँखाको दृष्टी गुमेको ठान्छन् ।

उनीहरुका अनुसार यहाँ लावजुयला नामक एक रहस्यमयी रुख छ, जसलाई देख्नासाथ मानिस र पशुपंक्षी सबैको दृष्टी गुम्छ ।

यद्यपी, वैज्ञानिकहरु यस तर्कमा सहमत छैनन् । उनीहरुका अनुसार यहाँ एक खतरनाक विषालु किरा छ, जसकारण यस्तो अवस्था निम्तन्छ ।  उनीहरुका अनुसार यो किराले टोकेपछि मानिसहरुको आँखाको दृष्टी गुम्छ ।

गाउँका सबै मानिस झुपडीमा बस्छन् । यस गाउँमा  झन्डै ७० झुपडी छन्, जसमा झन्डै ३ सयको जनसंख्या बस्छ । सबै दृष्टिविहिन छन् । कुनै पनि झुपडीमा झ्याल पनि छैन ।

रिपोर्टका अनुसार गाउँमा कोही न कोहीको दृष्टि ठिक हुनुपर्छ, जसको सहारामा बाँकी सबै मानिसहरु बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय