जनकपुरधाम— चर्चित गायक शैलेश मिश्रको रुप रैछ ज्योति झैं टल्कने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली लोक आधुनिक लयमा आधारित ‘रुप रैछ ज्योति झैं टल्कने’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गायक मिश्र तथा गायिका शान्ति थापाको स्वरमा रहेको उक्त गीत  Highlights Nepal नामक युटुब च्यानलमार्फत बिहिवार सार्वजानिक गरिएको हो ।

गीतमा दिपक रमनको संगीत तथा नारायण थापाूकल्पीतूको शब्द रचना रहेको गीतमा हिमांशु जङ्ग क्षेत्री र आश्मा थापाको फिचरिङ रहेको छ भने भरत लामाको कोरियोग्राफीमा अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

चन्द्र लाल तामाङको निर्माण तथा निर्देशन रहेको यो भिडियोको क्रेटिभ डाइरेक्टरको भूमिका कुमार गजुरेलले निभाएका छन् भने सम्पादन बिष्णु जिसीको रहेको छ । त्यस्तै गरी श्रृंगारमा ज्ञानु जङ्ग थापाले सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय