गोरखा— गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका १ युवकको खोलाले बगाएर शनिवार मृत्यु भएको छ ।

बिहान करीब साढे ९ बजे आरुघाट गाउँपालिका–३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

खोलाले बगाएर करीब २० मिटर तल पुर्‍याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयले देखेर उद्धार गरेको उनले जानकारी दिए ।

अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो । उनको उपचार गर्दागर्दै करीब ११ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

लगातारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । मतृकको शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय