एजेन्सी— बंगलादेशमा एक जुलाईबाट कडा लकडाउन हुँदैछ । यसैको असरबाट बच्नका लागि आप्रवासी कामदारहरु धमाधम ढाका छोड्दैछन् । उनीहरुले बाइक, अटो, रिक्सा, लोडिङ अटो र एम्बेलेन्ससम्मको साहारा लिइरहेका छन् ।

लकडाउनको समय बेरोजगार हुने भएकाले उनीहरु गाउँ फर्कन लागेका छन् ।

त्यसो त बंगलादेशमा २३ जुनदेखि नै सार्वजनिक यातायत बन्द छ । मजदूरहरुको हतारो देखेर २४ अ‍ैं घण्टा जलसेवा सुचारु ग्रिरहेको छ । डुङ्गामा क्षमताभन्दा धेरै मानिसहरु चढिडरहेका छन् । सरकारद्धारा सञ्चालित अन्तरदेशिया जल परिवहन निगमका एक अधिकारीका अनुसार आइतबार झन्डै ८० हजार मजदूर ढाकाबाट पलायन भएका छन् । त्यस्तै, एक सातामा ५ लाखभन्दा धेरै मजदुरले ढाका छोडिसकेका छन् ।

बंगलादेशमा डेल्टा भेरिएन्टमाक कारण कोरोना संक्रमण बढेको छ । सोमबार ८ हजार  ३ सय ६४ जनामा कोरोना देखियो । जो, १५ महिनायताकै उच्च हो ।

बंगलादेशमा ८ मार्च २०२० मा पहिलो संक्रमित भेटिएकाथिए । अहिलेसम्म कुल ८ लाख ९६ हजार ७ सय ७० जनामा संक्रमण देखिइसकेको छ । १४ हजार २ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । ८ लाख ०७ हजार ६ सय ७३ जनाको निको भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय