जनकपुरधाम— कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

कोरोना संक्रमणबाट निधन भएका धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का एक व्यक्तिको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारलाई युवाहरुको पहलमा १५ हजार रुपैया तत्काल सहयोग गरिएको स्थानीय युवा अगुवा नवल महतोले खबर ब्यूरोलाई जानकारी दिए ।

कोरोना संक्रमणको दोश्रो भेरियन्टलाई नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञामा मुखियापट्टी मुसहरनिया गाउँपालिकामा युवाहरु सामाजिक कार्यमा सक्रिय रहेका छन् । यसअघि युवाहरु अतिविपन्न, गरिब तथा असहाय परिवारलाई राहत तथा खाद्यान्न वितरण गरेर उनीहरुको चुलो बाल्ने काम गरेका थिए ।

यस्ता महामारीकाबीच युवाहरुले थालेको सहयोेगी अभियानको चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय