काठमाडौं— पछिल्लो २४ घण्टामा आठ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय