काठमाडौं— कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय