ढल्केवर- ‘ढल्केवरमा २०४५ सालमा पहिलो पटक व्यापार संघ गठन भयो । शनिवार मिथिला उद्योग वाणिज्य संघको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले भने, ‘पहिलो पटक मेरै नेतृत्वमा व्यापार संघ गठन भएको थियो । ३२ बर्षको अन्तरालमा धेरै साथीहरुले व्यापार संघको पुनर्गठन पनि गर्नुभयो । तर औपचारिकता र कानुनी मान्यता भने पाउन सकेको थिएन । गत वर्ष युवाहरु अगाडी बढ्नुभयो । उहाँहरु भने मिथिला उद्योग वाणिज्य संघलाई कानुनी मान्यता दिलाउन सफल हुनुभयो । युवा टीमलाई धन्यवाद र सम्पूर्ण व्यापारीहरुलाई बधाई ।’

‘मिथिला नगरको विकास, हामी सबैको साँझा सरोकार’ भन्ने मूल नाराका साथ धनुषाको ढल्केवरस्थित रहेको मिथिला व्याडमिन्टन कबर्ड हलमा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह सन्तोषको अध्यक्षता तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएका हो । मिथिला नगरपालिकाका मेयर महतोले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै मेयर महतोले ठाउँको विकासमा व्यापारीको महत्वपूर्ण योगदान हुने गरेको औल्याएका थिए । उनले विभिन्न उदहारण दिदैं व्यापारीले आफ्नो सोच परिवर्तन गर्नुपर्ने उनको तर्क थियो ।

उद्घाटन समारोहका विशिष्ट अतिथि जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले करको बहानामा राजश्व विभागले छापामारी गरेर व्यापारीहरुलाई अनावश्यक दुख दिएको बताए । उनले छापामारीबाट व्यापारी डराउन नहुने उल्लेख गरे । व्यापारीले तिरेको करबाट देश चलेको उनको भनाई थियो ।

साधारणसभाको अवसरमा संघको बार्षिक आय–व्यय विवरण संघका कोषाध्यक्ष विपुल कुमार महतोले प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन समारोहमा मिथिला नगरपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकी, बर्दिबास उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय कुमार महतो, जनता समाजवादी पाटीका प्रदेश सदस्य चन्देश्वर महतो, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, प्रतिभा युवा क्लवका उपाध्यक्ष राम विरोध महतो, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कुमार कार्की, स्थानीय व्यापारी, बुद्धिजीवी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्षमा साह सर्वसम्मत

मिथिला उद्योग वाणिज्य संघ ढल्केवरको अध्यक्षमा तेजनारायण साह (संतोष) चयन भएका छन् । शनिवार सम्पन्न मिथिला उद्योग वाणिज्य संघ ढल्केवरको प्रथम साधारणसभाले अध्यक्षमा साहलाई सर्वसम्मत चयन गरिएको हो ।

यसअघि तदर्थ समितिको अध्यक्ष समेत रहेका साहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट गठित समितिको महिला उपाध्यक्षमा शुशिला कुमारी उपाध्याय, उपाध्यक्षमा संतोष कुमार महतो, कोषाध्यक्षमा श्रीराम यादव, महासचिवमा दीपक लामा, सचिवमा सर्वनाथ महतो रहेका छन् ।

यस्तै सदस्यहरूमा मनोज साह, सत्रुधन दास, मुन्ना कुमार सिंह, जनकलाल महतो, कौशल्या देवी महतो रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय